नापी कार्यालयका सर्भेक्षक १० हजार घुससहित रंगेहात पक्राउ

Posted on: 02 Nov, 2018

कात्तिक १६, काठमाडौं | नापी कार्यालय सप्तरीका सर्भेक्षक घुस रकमसहित पक्राउ परेका छन्।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले नापी कार्यालय, कन्चनपुर, सप्तरीका सर्भेक्षक दीपेन्द्र यादवलाई रंगेहात १० हजार घुस रकमसहित पक्राउ गरेको हो।

यादवले जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!