बलात्कृत १० वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

Posted on: 02 Nov, 2018

कात्तिक १६, काठमाण्डौ | नेपालगंज उपमहानगरपालिका–२१ पुरैना की १० वर्षीया बालिकाको बलात्कार भएपछि उपचारका क्रममा मृत्यु भएको छ।

बालिकालाई भेरी अंचल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा बिगत ५–७ दिन देखि निमोनिया सम्बन्धी बिरामी देखिएकोले नर्सिङ होम नेपालगंजमा पठाईएकोमा उपचारको क्रममा बिहीबार दिउसो मृत्यु भएको हो।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५२ वर्षीय मोहम्मद सरिफ बागवानलाई प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!