निर्मला पन्त हत्या प्रकरण: एसपी विष्टले फेसबुकमार्फत यसरी पीडा पोखे

Posted on: 02 Nov, 2018

कात्तिक १६, डोटी । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्न थालेका छन् । 

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले ‘सत्य इमान्दारीताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको’ उल्लेख गरेका छन् । 

उनले आफ्नो दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिर अन्त्य भएको उल्लेख गर्दै निष्ठा र स्वाभिमानको अन्त्य नभएको स्ट्याटसमा लेखेका छन् । 

खडेरी परेका बेला सत्य ओइलाउन सक्ने तर कहिल्यै नमर्ने कुरासमेत उनको फेसबुक स्ट्याटसमा उल्लेख छ । उनले लेखेका स्टाटसमा अधिकांशले न्याय पक्का मिल्नेछ भन्ने टिप्पणी समेत राख्ने गरेका छन् ।

निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले गत कार्तिक ८ गते उनलाई  र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको थियो ।

साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!