बैतडी: धार्मिक महोत्सव सम्पन्न, १० लाख बढि संकलन

Posted on: 03 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | बैतडीको दोगडाकेदार गाउपालिका वडा न ३ मा रामलिला धार्मिक महोत्सव शनिबार सम्पन्न भएको छ । ३ गतेबाट वडा नं ३ र सनातन धर्म माबिको आयोजनामा सञ्चालन भएको रामलिला धार्मिक महोत्सब आज सम्पन्न भएको हो । 

श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकको प्रांगणमा सञ्चालन भएको रामलिला धार्मिक महोत्सबमा १० लाख ५० हजार बराबरको आर्थिक संकलन भएको वडा न्ं ३ का अध्यक्ष चन्द्रदेव जोशीले जानकारी दिनुभयो ।


महोत्सवमा सहभागि हुन आउने सर्बसाधारण तथा उच्च पदस्थका ब्यक्तीत्वहरुको सहयोगमा उक्त रकम संकलन गरिएको आयोजक समितीले जनाएको छ । 

श्रीकोट गाउमा ठुलो क्षमताको तालिमकेन्द्र निर्माण गर्ने उदेश्यले रामलिला धार्मिक महोत्सबको आयोजना गरिएको वडाअध्यक्ष जोशीले बताउनुभयो । 

दोगडाकेदार ३ श्रीकोट स्थित सनातन धर्म मावि खोचलेकको प्रांगणमा  भएको रामलिला धार्मिक महोत्सब अवधिभर ७ हजार दर्शकहरुले सहभागिता जनाएको रामलिला धार्मिक महोत्सब आयोजको भनाइ छ । 


रामलिला प्रदर्शनिमा रमायणमा आधारित रहेर कथाहरुपनि सञ्चालन गरिएको थियो । उक्त रामलिलामा प्रदेस सभाका सदस्य तथा प्रमुख जिल्ला अधिकारी, प्रहरि प्रमुख, जिल्ला समन्वय समिती प्रमुख लगायत अन्य सर्बसाधारणको सहभागिता रहेको थियो । उक्त धार्मिक महोत्सव १५ दिन सम्म चलेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!