पतन्जलि योग समितिद्वारा जयपृथ्वी नगरपालिका सरसफाइ अभियान सम्पन्न

Posted on: 03 Nov, 2018

टेकेन्द्र बोहरा | कात्तिक १७, बझाङ | विगत लामो समय देखी  बझाङको जयपृथ्वी नगरपालिकामा पतन्जली योग सरसफाई अभियान सम्पन्न भएको छ र पतन्जली यो समितीले  हप्ताको एक पटक सनिवार सदरमुकाम चैनपुरमा  सरसफाइ गर्दै आएको छ । 

स्वच्छ सफा बातावरण बनाउँ, नगर सरसफाइ राखौँ भन्ने मुलनारा साथ सुरु गरिएको सरसफाइ अभियान सञ्चालन गरेको पतान्जली योग समितीका जिल्ला अध्क्ष्य मोहन मल्लले बताए । 


पतन्जली योग समितिले आयोजना गरेको अभियानमा प्रतिनिधि सभा सदस्य तथा माननीय सासँद आशा विक जयपृथ्वी नगरपालिका उपमेयर जुना जाग्रि नेपाल प्रहरी, नेपाली सेना लगाएतको उल्लेख्य उपस्थिति रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!