खेलकुद मन्त्रीद्वारा बुङ्गल कपको उद्घाटन

Posted on: 03 Nov, 2018

कात्तिक १७, बझाङ | बुंगल एसोसिएसनको आयोजनामा हुन लागेको ‘धौली देवी स्मृति बिसिए कप २०७५’शनिबार उद्घाटन गरिएको छ ।

सर्वा्धिक पुरस्कार राशिको बिसिएकप खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्याटिङ गरेको कपमा आइतबारबाट प्रतियोगिताहरु सञ्चालन हुनेछ् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय महासचिव ऐन महर, विशिष्ट अतिथि पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडा, प्रतिनिधिसभा सदस्य भैरब बहादुर सिंह, आशा विक, प्रदेशसभा सदस्य देवकि मल्ल, बुंगल नगरपालिका मेयर धन बहादुर बिस्ट, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 


विगत १० वर्षदेखि अनवरत रुपमा आयोजना गरिदै आएको यो कपमा विजयी टीमलाई एक लाख ५० हजार रुपैया, कप र प्रमाण पत्र, द्धितीय हुने टीमलाई ६० हजार नगद, कप, मेडल र प्रमाण पत्र दिईने बुंगल एसोसिएसनका संस्थापक इन्चार्ज आर बिक्रमसिंह ओखेडाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!