पद्मरत्न तुलाधरको निधन

Posted on: 04 Nov, 2018

कात्तिक १८,काठमाडौं । अधिकारकर्मी पद्मरत्न तुलाधरको निधन भएको छ । मस्तिस्कघातका कारण उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

गएको शुक्रबार मस्तिस्कघात भएपछि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा राखिएकोमा स्वास्थ्य थप जटिल भएपछि तुलाधरलाई मंगलबार राति नर्भिक अस्पतालमा लगिएको थियो । रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए। 

मानवअधिकार अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था बिरुद्धमा आवाज उठाएका थिए । मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधर माओवादी सरकार बार्ताका क्रममा सहजकर्ताको भूमिकामा समेत रहेका थिए ।

०४२ मा तुलाधर तत्कालीन नेकपा(माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए। त्यस्तै, बहुदल आएपछि पनि दुई पटक एमालेका तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए। तुलाधर मनमोहन अधिकारीको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए।

उनका नेपाल भाषामा थुप्रै पुस्तक प्रकाशित छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!