बैतडीका स्थानियतहमा न्यायिक सल्लाहकार नहुँदा न्यायिक समितीलाई समस्या

Posted on: 04 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक १८, बैतडी | जिल्लाका सबै स्थानीय तहमा गठन भएका न्यायीक समितीहरुलाई न्यायिक सल्लाहकार नहुदा समस्या भएको छ । बैतडीका १० आटै स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितीमा न्यायीक सल्लाहकार नहुदा स्थानिय तहको न्यायिक सममिती सम्म आएका मुद्धामा मेलमिलाप गर्न समस्या भएको हो ।

स्थानीय तहमा गठन भएका न्यायीक समितीहरुमा आपसी झैझगडा, साजीक द्धन्द, घरायसी झैझगडाका मुद्धा दर्ता हुने गरेपनी न्ययीक सल्लहकार नहुदा मेलमिलाप गर्न समस्या हुने गरेको पाटन नगरपालिकाका न्यायिक समितिका संयोजक एवम उपप्रमुख सुरस्वती कोलीले जानकारि दिनुभयो ।  न्यायीक समितिमा आउने मुद्धा धेरै जसो आपसि झैझगडा लगायतका आउने गरेकामा कानुनि सल्लाहाकार नहुदा समस्या भएको उहाले बताउनुभयो । 

स्थानिय तहमा उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिती गठन भएपनि कानुन सम्बन्धी ज्ञान नहुदा अप्ठ्यारो भएको र  न्यायीक सल्लाहकार स्थानिय तहमा अपरिहार्य भएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । 

न्यायिक समितीमा  मुद्धा दर्ता हुनेगरेकोमा केहि मुद्धाहरुलाई आपसि समजदारिको माध्यमबाट मेलमिलाप गरेको पञ्चेश्वर गाउपालिकाका उपाध्यक्ष एवम न्यायिक समिती संयोजक बिना भट्टले बताउनुभयो । 

कानुन सम्बन्धी आफुहरुलाई कुनै ज्ञान नभएकोमा सामाजिक पाटोबाट मुद्धा आउनेभएकाले कानुनि भाषा पनि फरक फरक हुदा समस्या हने गरेको पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी बमले बताउनुभयो ।

स्थानीय तहमा गठीत न्यायिक समितीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागी कानुनी सल्लाहकारको आवस्यकता रहेको जिल्ला समन्वय समितीका अध्यक्ष सिद्धराज भट्टले औल्याउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!