प्रदेश ५ का लागि छापखाना सम्वन्धि छुट्टै विद्येयक र विदा

Posted on: 05 Nov, 2018

प्रेम सुनार | कार्तिक –१९, बुटवल । प्रदेश नम्वर ५ को सरकारले  छापखाना तथा प्रकाशन सम्वन्धी छुट्टै विद्येयक बनाउने शैद्धान्तीक अवधारण पत्र स्वीकृत गरेको छ । प्रदेश ५ औद्योगिक व्यवसाय सम्वन्धमा गर्न बनेको विद्येयक स्वीकृत गर्ने निर्णय  स्वीकृत पनि भएको  छ ।  

बैठकले संघिय सरकार संग प्रदेश भित्रका केहि महत्वपुर्ण चाड पर्व र गणतन्त्र दिवसका लागि छुट्टै  विदा माग गर्ने निर्णय समेत  गरेको छ ।   बकर ईद, माघे सक्रान्ति, बुद्ध पुर्णिमा, गणतन्त्र दिवस, प्रदेश सरकार स्थापना दिवस र स्थानिय तहमा अटवरी पर्वका लागि दाङ्ग, बाँके , बर्दिया , भुमे पर्वका लागि रुकुम , रोल्पा तथा  भगवती जात्राका लागि पाल्पामा बिदा दिनका लागि संघिय सरकार संग सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रबक्ता तथा भौतिक पुर्वधार विकास  मन्त्री वैजनाथा चौधरीले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश ५ समपुरक अनुदान सम्बन्धी कार्य विधी २०७५ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।  यो निर्णयले प्रदेश सरकारबाट स्थानिय तहमा प्रदान गरिने समपुरक अनुदानमा सडक, सिंचाई , विद्युत , पुल–पुलेसा , मोनोरेल , स्काईरेल , केवलकार, पर्यटकिय पुर्वधार विकास , प्रदेश विश्व बिद्यालय बिद्यालय निर्माण सम्वन्धी आयोजना तथा कार्यक्रमहरु  गर्ने बाटो खुलेको प्रवक्ता चौधरीको भनाई छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!