आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

Posted on: 05 Nov, 2018

कार्तिक १९, काठमाडौं । साताको दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोहि कारोबार भइरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!