लागूऔषधसहित एक महिला पक्राउ

Posted on: 05 Nov, 2018

कात्तिक १९, सिरहा | सिरहाको गोलबजारबाट लागूऔषध सेतो ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १७ निवासी रुबी बेगम रहेकी छन् | उनि आइतबार राति सेतो ब्राउन सुगरसहित पक्राउ परेकी हुन्।

गोलबजार नगरपालिका ४ स्थित सडकमा चेकजाँचको क्रममा शंका लागेर खानतलासी गर्दा ६० मिलिग्राम ब्राउन सुगर फेला परेपछि उनलाई नियन्त्रणमा लिएको गोलबजार प्रहरीले जनाएको छ। उनको साथबाट ४० हजार ६०० नगद पनि बरामद भएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!