उवासंघ पर्वतले किन गर्यो यस्तो– देउसी भैलो खेल्नेलाई ५१ रुपैँया मात्र दक्षिणा दिने कुश्मामा माइकिङ

Posted on: 05 Nov, 2018

पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । तिहारको बेलमा खेलिने देउसी भैलोमा आफ्नो क्षमता र योग्यताले आफू खुसि दक्षिणा दिने चलन भएपनि उवासंघ पर्वतले हस्तक्षेप गरी ५१ रुपैँया मात्रै दिन भन्दै माइकिङ गरेको हो । जिल्लामा माइकिङ गरी ह्वीप जारी गरिएको यो पहिलो घटना हो । 

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्वतले भने बेलुकी ९ बजे पछाडी देउसी भैलोका कार्यक्रमहरु नगर्न सूचना जारी गरेको छ । संगीतको पर्वतका रुपमा मानिने चाड तिहारमा प्रशासनले गरेको निषेधनको विरोध पनि भएको छ । कतिपयले सामाजि संजालमा धर्म र संस्कृति विरोधी निर्णय भनी प्रशासनको सूचनाको विरोध गरेका छन् ।

उवासंघ पर्वतले ५१ रुपैँया मात्रै दक्षिणा दिन भनि गरेको निर्णयले कतिपय सामाजिक अभियानको लागि संचालन गरिएको देउसी भैलो कार्यक्रमलाई असर पार्ने देखिएको छ । कतिपय विद्यालयहरुले आफ्नो विद्यालयको पूर्ननिर्माणको लागि देउसी भैलो कार्यक्रमको आयोजना गरेका छन् भने कतिपय संघसंस्थाहरुले रक्त क्यान्सर पिडितको लागि रकम संकलन गर्ने माध्यमका रुपमा पनि लिएका छन् । तर उवासंघको यो निर्णयले असर पार्ने देखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!