३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

Posted on: 05 Nov, 2018

कात्तिक १९, चितवन । चितवनमा ३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् | रत्ननगर नगरपालिका-९ बाट करिब तीन लाख नगद र १ लाखको चेकसहित १५ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले जुवाडेहरुसहित नगद पक्राउ गरेको हो ।

विषेश सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

रत्ननगर-९ का शुकराम दराईको घरमा च्यानलगेट लगाएर जुवा खेल्दै गर्दा विद्युत प्राधिकरणबाट लगिएको भर्‍याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!