कालिमाटी र आयोजक रिडिकोट बि सेमिफाईनलमा प्रबेश

Posted on: 05 Nov, 2018

कमल रावल | कात्तिक १९, अछाम | अछामको साफेबगर नगरपालिका वडा नम्बर बडासैन खेल मैदान रिडीकोटमा जारी जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा बैजनाथ युवा क्लब कालिमाटी र आयोजक रिडिकोट त्रिकेट क्लब बि सेमिफाईनलमा प्रबेश गरेका छन । 

पहीलो क्वाटरफाईनल खेलमा कालिमाटी LYC बलास्टर साँफेबगरलाई ४३ रनले पराजित गर्दै सेमिफाईनलमा सुरक्षित भएको हो । टस हारेर पहीले ब्याटिग गरेको कालिमाटिले निर्धारित १० ओभरमा मात्र १ विकेट गुमाएर बिशाल १ सय १८ रनको लक्ष्य साफेबगर सामु प्रस्तुत गरेको थियो । जवाफमा लक्ष्य पछयाउन मैदानमा उत्रेको LYC निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ७५ रनमा सिमीत रहेको थियो । कालिमाटीका लागि मनोज शाहले उत्कृष्ट पारि खेल्दै ८ चौका र ४ छक्काको मदतमा ७५ रनको अविजीत पारि खेलेका थिए । 

दोस्रो क्वाटरफाईनल खेलमा आयोजक रिडीकोट युवा क्लब बि ले साफेबगर नगरपालिकालाई २ विकेटले पराजित गरेको हो । टस जितेर पहीले ब्याटिग गरेको साफेबगर नगरपालिकाले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ६२ रन बनाएको थियो । जवाफमा रिडिकोटले ९ ओभरमा ८ विकेट गुमाएर जित हासिल गरेको हो । 


रिडिकोटलाई जिताउनका लागि कुवेर केसिले ४ चौक्काको मदतमा सानदार २३ रनको पारि खेलेका थिए । तेस्रो क्वाटरफाईनल खेल भोली बिहान साढे ७ बजे सान्नीकोट युवा क्लक मार्कु र चौरपाटी गाउपालिका र चौथो क्वाटरफाईनल खेल रिडिकोट क्रिकेट क्लब ए र बयालपाटा युवा क्लब बिच हुने आयोजक कमिटीका प्रशान्त केसिले जानकारी दिनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!