दाङमा एक पुरुष मृत अवस्थामा फेला

Posted on: 06 Nov, 2018

कात्तिक २०, दाङ | दाङको तुलसीपुरमा मंगलबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका–१८, माथिल्लो हेमन्तपुरस्थित कुलोमा सोही वडाको धनखनिया बस्ने ५८ वर्षीय बलबहादुर दमाईको शव भेटिएको हो।

कुलोको पानीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार सुस्त मनस्थितिका दमाईले अत्यधिक मदिरा पिउने गर्थे । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!