पाँच लाख ४८ हजार नगदसहित १५ जुवाडे पक्राउ

Posted on: 06 Nov, 2018

कात्तिक २०, सुर्खेत | प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । 

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रहरीले सामाजिक अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँबस्ती र टोलटोलमा सञ्चालन गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!