बझाङमा देउसी भैलो राती ९ बजेसम्म खेल्न पाईने

Posted on: 06 Nov, 2018

कात्तिक २०, बझाङ | जिल्ला प्रशासन कार्यलय बझाङले देउसी भैलो खेल्न राती ९ बजेसम्म मात्र पाउने बताएको छ । मँगलवार एक विज्ञप्ति निकालेर देउसी भैलो राती ९ बजे सम्म तोकेको हो । 

रातको समयमा हुने यस किसिमको सांस्कृतिक कार्यक्रमले अवाञ्ति गतिविधिमा सलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउ सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गर्दै देउसी भैलो खेल्नको लागी रातको ९ बजेसम्म तोकेको हो । 

साथै तिहारको समयमा पटाका जस्ता प्रजवल सिल पदार्थ ओसारपसार तथा विक्री वितरण तथा नगर्न समेत आग्रह गरेको छ । यदि कसैले यस विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा भनिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!