कहालीलाग्दो लोडसेडिङको युग यसरी अन्त्य भयो

Posted on: 07 Nov, 2018

कात्तिक २१, काठमाडौं | मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । 

पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो । 

उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए । तर, आफु प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । 

त्यसैले सार्वजनिक पनि गरेनन् । देशबाट अध्याँरो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलीमा मनाउन सकिने भएको छ । 

घिसिङले भने  — तेस्रो लक्ष्मीपुजा बुधबारको दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै छन् ।

देशघर लोडसेडिङ अन्त्य भएको सन्देश दिँदै यस बर्षबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत रंगीचंगी बत्ती बालेर भिलिमिली पारेका छन् ।

- यो समाचार नयाँ पत्रिकामा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!