अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने

Posted on: 07 Nov, 2018

कात्तिक २१, काठमाडौँ | अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । 

राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको हो । 

बिना प्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । 

तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानीबापत प्रतिपटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो । 

 ‘स्वदेशी पर्यटनलाई प्रवर्द्धन र विदेशी पर्यटनलाई निरुत्साहित गर्न यस्तो नीति ल्याइएको हो,’ उनले भने ।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!