काठमाडौंको विभिन्न स्थानबाट १० लाखको पटाका नष्ट, नौ जना पक्राउ

Posted on: 07 Nov, 2018

कात्तिक २१, काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट १० लाख रुपैयाँ बराबरको पटाका नष्ट गरेको छ ।

ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्वारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

परिसरले पटाका विक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिएको छ ।

परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै सञ्चालन गरेको छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!