एनएफपिजेको देउसी भैलो

Posted on: 07 Nov, 2018

कात्तिक २१, काठमाडौँ | तिहारको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।

संस्थामार्फत् देशैभरिका फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज नयाँ बानेश्वरस्थित एनएफपिजेका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकार निवासबाट देउसी भैलो कार्यक्रम शुरु भएको हो । भैलोमा संस्थाका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य, धादिङ शाखाका अध्यक्ष नारायण सिल्वाल, केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का र महासचिव प्रदीजराज वन्तलगायतका फोटो पत्रकार सहभागी हुनुहुन्थ्यो ।

भैलोमा लोक तथा दोहोरी गायक दिनेश थापालगातयका कलाकारले आफ्नो प्रस्तुति दिएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । सोही अवसरमा सल्लाहकार शाक्यले देशैभरिका सम्पूर्ण फोटो पत्रकारको क्षमता अभिवृद्धि र अधिकारका लागि एक जुट हुनुपर्नेमा जोड दिनुभयो । धादिङ शाखाका अध्यक्ष सिल्वालले केन्द्रका भन्दा पनि मोफसलका फोटो पत्रकारको क्षमता वृद्धिमा जोड दिनुपर्छ भन्नुभयो । केन्द्रीय अध्यक्ष चित्रकारले एनएफपिजेमा आबद्ध हुन सम्पूर्ण फोटो पत्रकारलाई आग्रह गर्नुभयो । देउसीबाट रु ३५ हजार सङ्कलन भएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!