बैतडीमा पनि स्क्रप टाइपस रोग देखा पर्यो, कसरी बच्ने ?

Posted on: 08 Nov, 2018

कृष्ण विष्ट | कात्तिक २२, बैतडी | बैतडीको मेलौलि नगरपालिका वडा नं १ मा स्क्रोप टाइपस रोग देखापरेको छ । मेलौलिनगरपालिका वाडा नं १ स्थानियहरुले डडेल्धुरा उपक्षेत्रीय अस्पत्तालमा चेकजांच गराउदा स्क्रोप टाइपस रोग देखापरेको  हो । 

पछिल्लो समय प्राणधातको रुपमा फैलिएको स्क्रोपटाइपस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्न गरेको  केशरपुसर स्वास्थ्यकेनद्र  मेलौलिका ल्याब  असिसटेन्ट दिपक विष्टले बताउनुभयो । स्कोप टाइपस रोग लागेमा  ज्वोरो आउने, मांशपेशि, दुख्ने अत्यधिक टाउको दुखने, छमछमति पशिना आउने  खोकि लाग्ने जस्ता लक्षण देखापर्न जिल्ला अस्पत्ताल बैतडीका प्रमुख जगदिश  चन्द्र विष्टले बताउनुभयो ।

स्क्रोप टाइपसको प्रमुख लक्षण छलामा घाउ देखिने भए पनि बढि जसो उपक्षेत्रीय अस्पत्ताल  डडेल्धुरामा  लामो समय देखि टाउको दुख्ने आखाको नानि दुखने सुख्खा खोकि लागने ज्वरो आउने लक्षणका विरामि आउने उपक्षेत्रीय अस्पत्ताल डडेल्धुराका मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कडेल बताउनु भयो । व्यक्तीगत स्वास्थयमा  ध्यान नदिदा  यो रोगको संक्रमण बढने भएकाले  पुरै शरिर ढाकने गरि लुगा लगाउने, खुल्ला ठांउमा सौच नगर्न र स्क्रोप टाइपसका  उल्लेखित लक्षण्हरु मध्ये कुनै पनि देखापरेमा तुरुन्त  स्वास्थय  चौकिमा  गइ डक्टरहरु संग  परामर्स लिन उहाले  सुझाव दिनुभयो । 

स्कोपटाइस रोगबाट  सुदुरपश्चिमा दुइजनाको मृत्यु समेत भइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!