सर्लाहीमा बेवारिसे शव फेला

Posted on: 09 Nov, 2018

कात्तिक २३, सर्लाही (रासस) | सर्लाही सदरमुकाम मलङ्गवामा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ । 

मलङ्गवा–९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवासीले जनाएका छन् । 

शव सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!