भाइटिकाको दिन सवारि साधन नचल्दा टिका लगाउनेहरुलाइ समस्या

Posted on: 09 Nov, 2018

कृष्ण विष्ट | कात्तिक २३, बैतडी | आज भाइटिका, टिका थाप्न र लगाउन जाने दाजुभाइ दिदि बहिनिहरुलाई सवारिसाधन नचल्दा समस्या भएको छ । टिका थाप्न र लगाउन जानेहरुलाई  आफन्तकँहा टिका थाप्न र लगाउन जानेहरुलाई सवारि साधन नचल्दा  आबागमनमा समस्या भएको हो । 

बैतडीका बिभिन्न ठाउमा गाडिहरु चलेका छैनन । सदरमुकाम गोठलापनी लगायत मुख्य बजार पाटन, सतबाजका बजारहरु यतिबेला सुनसान रहेकोमा गाडिहरु नचल्दा यात्रुहरुले लामोदुरि सम्म जाने यात्रुहरुलाई समस्या भएको इलाका प्रहरि कार्यालय पाटन बैतडीका  इन्चार्जर राजेन्द्र बहादुर सिहँले जानकारि दिनुभयो । 

गाडिहरु नचलेको र सडक बाटो भएर भाइलाई टिका लगाउन ४ घण्टाको सडक बाटोको पैदल यात्रा गर्न बाध्य भएको पाटन ३ कि स्थानिय मञ्जु अवस्थीले ताउनुभयो । भाइलाई माइत जान पाटन बाट दशरथ चन्द नगरपालिका १ गुरुखोलासम्मको  पैदल यात्रा गर्न लागेको उहाले बताउनुभयो ।  

भाईलाई टिका लगाउन माइत जान लागेकि सरस्वति अवस्थीले पनि घण्टै सम्मको पैदल यात्रा गर्नुपर्दा समस्या भएको गुनासो गर्नुभयो । बजारहरु सुनसान रहेको र गाडिहरु नचल्दा हिडेरै टिका थाप्न दीदिबहिनिहरुलाई भेट्न जाने दाजुभाई र दीदिबहिनिहरुलाइ समस्य भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!