दिक्तेलमा आगलागी हुंदा दुई घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति

Posted on: 09 Nov, 2018

चिसाङ शेर्पा | कात्तिक २३, खोटाङ | खोटाङको दिक्तेलबजारमा विधुत सर्ट भएर आगलागी हुंदा दुई घर पुर्णरुपमा जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा गएराती आगलागी हुंदा अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको छ ।

गएराती साढे तीनवजेबाट बिहान करीव साढे पाँजवजेसम्म आगो नियन्त्रणमा आउदा स्थानीय राजु श्रेष्ठ, रविध्वज राई र पेले गुरुङको घरमा आशिंक क्षति पुगेको छ । पुर्णरुपमा क्षति पुगेको दुइ घर सहित अन्य घरको क्षतिको विवरण आँउन वाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।  

जिल्लामा अग्नि नियन्त्रक वारुण यन्त्र नहुंदा आगो नियन्त्रण गर्न समस्या भएको थियो । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीले खानेपानीको पाईप काटेर बाल्टीमा पानी वोकेर दुइ घण्टामा आगो नियन्त्रयणमा लिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!