दैलेखमा जुवा खेल्न रोक्ने क्रममा झडप: २ प्रहरी घाइते, २ राउण्ड हवाई फायर

Posted on: 10 Nov, 2018

कात्तिक २४, दैलेख | दैलेखको दुल्लूमा कौडा खेल्न लागेको समूहलाई रोक्न खोज्दा गएराति प्रहरी टोलीमाथि जुवाडेहरुले आक्रमण गरेका छन् ।

प्रहरीले कौडा खेल्ने समूहलाई रोक्न खोज्दा प्रहरीमाथिनै आक्रमण भएको हो । कौडा खेल्ने समूहले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट, प्रहरी सहायक निरीक्षक सुजन खड्काको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते प्रहरीहरुलाई दैलेखकै दुल्लू अस्पतालमा उपचार गराईएको छ ।

जुवाडे र प्रहारी समुहबीच झडपका क्रममा २ राउण्ड हवाई फायर समेत गरिएको थियो । घटनाको विवरण बुझ्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पोखरेलको टोली आज बिहान घाटनास्थल तर्फ गएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!