अछाममा भिरबाट खसेर बालिकाको मृत्यु

Posted on: 10 Nov, 2018

कात्तिक २४, अछाम | जिल्लाको पंञ्चदेवल विनायक नगरपालिकामा भिरबाट खसेर एक बालीकाको मृत्यु भएको छ । 

पन्चदेवल बिनायक नगरपालीका ४ कालीकास्थानका मिन बहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउने भिरबाट खसेर मृत्यु भएको हो । घरबाट खर काट्न गएकी चेतना आज दिउंसो १ बजे वडाको भन्डाराखोला माझबाटे भिरबाट खसेर घटना स्थलमै ज्यान गएको परिवारले जनाएको छ । 

भिरबाट करिब २० मिटर तल खसेकि चलाउनेको टाउकोमा गम्भीर चोट लागेका कारण घटना स्थलमै ज्यान गएको हो । मृतक चलाउनेकी आमा र भाउजु संगै भिरमा घांस काटन गएकि थिइन् । मृतक चलाउने बिद्या मन्दिर माबी बिनायकमा कक्षा ९ मा अध्ययनरत थिइन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!