सुनको भाउ घट्यो, कति छ आजको मुल्य ? हेर्नुहोस

Posted on: 11 Nov, 2018

कात्तिक २५, काठमाडौं । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!