झापामा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ गम्भीर

Posted on: 12 Nov, 2018

कात्तिक २६, दमक | झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । दुर्घटनामा भद्रपुर नगरपालिका-८ का २० वर्षीय किशोर प्रधानको मृत्यु भएको छ भने घाइते हुनेहरुमा भद्रपुर-८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशीष राई रहेको प्रहरीले जनाएको छ | उनीहरुको अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते दुवैजनाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ।

मोटरसाइकलमा सवार तीनैजनाले मादक पदार्थ सेवन गरेकाले मोटरसाइकल नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!