काङ्ग्रेस नेता उप्रेतीको निधन

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौँ | नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ ।

नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

लोकतान्त्रिक आन्दोलनमा स्व उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 

स्व उप्रेतीका श्रीमती, तीन छोरा र चार छोरी हुनुहुन्छ । स्व उप्रेतीप्रति पार्टीले श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । उप्रेतीको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काङ्ग्रेसले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!