सल्यानमा सल्यानमा मृतक परिवारलाई राहत वितरण

Posted on: 12 Nov, 2018

इन्द्र बुढाथोकी । कार्तिक २६, सल्यान । बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी मृतक नोखिकुमारी पुनका परिवारलाई राहत स्वरुप ८५ हजार मृतक नोखीका छोरा हरि पुनलाई दिएको छ ।

एन आइ सि एसिया लघु वित्त वित्तीय संस्था सल्लीबजारले आज एक कार्यक्रमका बिच बनगाड कुपिण्डे नगरपालिका वडा १ वडा का अध्यक्ष शान्त कुमार यरि र ४ न वडा अध्यक्ष मोमत रोकाले सयुक्त रुपमा राहत रकम हस्तान्तरण गर्नु भएको छ ।

मृतक नोखी पुन राधाकृष्ण समुहको सदस्य थिइन । मृतक पुनले कारेको ऋण ३ लाख रुपैया मिनाहा हुनुको साथै मासिक जम्मा गरेको २५ हजार रुपैयाँ सहित जम्मा १ लाख ५ हजार रुपैयाँ फिर्ता भएको सल्लीबजार सस्थाका प्रमुख तिलक भट्टराईले जानकारी दिनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!