बेपत्ता भएको २२ दिनपछि शव भेटियो

Posted on: 12 Nov, 2018

ताराबहादुर महत
दोलखा । तामाकोशी नदीमा बगेर बेपत्ता भएका एक पुरुषको शव आईतबार दोलखा प्रहरीले फेला पारेको छ ।


नेपाली सेनामा कार्यरत दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाका ३२ वर्षीय रत्नबहादुर श्रेष्ठको शव मेलुङ्ग गाउँपालिका वडा नम्बर १ पवटीस्थित तामाकोशी किनारमा फेला परेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । श्रेष्ठको शव पोष्टमार्टम पश्चात्त परिवारलाई जिम्मा लगाईएको प्रहरी प्रमुख पाठकको भनाई छ ।

श्रेष्ठ गत कार्तिक ३ गते तामाकोशी नदी तर्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए ।

साभार ः जनता समाचार डटकम

यस बिषयमा तपाइको प्रतिक्रिया...!