पाँचथरमा मंसिर ३ बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

Posted on: 12 Nov, 2018

कमल घिमिरे।कार्तिक२६।पाँचथर, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएकोछ ।
  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले  फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी परिचयपत्र वितरण गर्न लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक दिपक काफ्लेले आगामी मंसिर ३ गते बाट पाँचथर तथा सिंहदरबारका कर्मचारीहरुलाई परिचयपत्र वितरण गर्न लागिएको बताउनुभयो ।
उहाँले परिचयपत्र वितरणको उद्घाटन पाँचथर सदरमुकाम फिदिममा प्रधानमन्त्री वा अन्य मन्त्रि ल्याएर उद्घाटन गरेर परिचयपत्र वितरण गरिने बताउनुभयो ।
परिचयपत्र वितरण जिल्ला प्रशासन कार्यालय पाँचथर लगायत अन्य जिल्लाको गाउँपालिकाको विभिन्न वडाको केन्द्रमा गएर गरिनेछ । अहिले सम्म पाँचथरमा ५० हजार ९ सय ५४ जनाको राष्ट्रिय परिचयपत्र वितरण संकलन सकिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले  बताउनुभयो ।
गत असार ५ गते बाट पाँचथरमा परिचयपत्र बनाउन संकलन कार्य शुरु गरिएको र आगामी पौष १५ सम्ममा संकलनको काम सकिसक्ने विभागका महानिर्देशक काफ्लेले बताउनुभयो । पाँचथर र सिंहदरबार पश्चात दोस्रो चरणमा १५ जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य थालिने उहाँको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!