चाडपर्व सकिए सँगै सवारि साधनहरुमा यात्रुहरुको घुइचो

Posted on: 12 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक २६, बैतडी | तिहार सकिएसंगै बैतडीका सवारिसाधनहरुमा यात्रुहरुको चाप बढ्न थालेको छ । तिहारकालागि टिका थाप्न देश तथा विदेशबाट आएकाहरु आ-आफ्नो गन्तव्य तिर जान थाले पछि लामो तथा छोटो दुरीका सवारि साधनहरुमा यात्रुको चाप  बढ्न थालेको  हो । 

नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार मनाउन  जन्मथलो पुगेकाहरु आफ्नो कार्यक्षेत्र जान थालेपछि बैतडीको सदरमुकाम गोठलापानिमा लगायतका बजारहरुबाछ  छुट्ने सवारि साधनहरुमा यात्रुहरुको  घुइचो लागेको जिल्ला ट्रार्फिक कर्यालय बैतडीका प्रमुख प्रकाश रावलले जाकारि दिनुभयो । 


चाडपर्वका लागि जन्मथलो आएकाहरु कर्मथलो जदै छन भने रोजगारिको सिलसिलामा भारत जाने यात्रुहरुको पनि घुइचो लाग्ने गरको छ । 

तिहार सकिए लगत्तै लामो तथा छोटो दुरीका सवारि साधनहरु  भरिभराउ हुन थालेको सवारि ब्यावसायी जनक चन्दले बताउनुभयो । कामको सिलसिलामा घरबाट टाढा रहेका दाुजभाइहरु तिहार मनाए लगत्तै गन्तब्यतर्फ हिड्न लागेको उहाले बताउनुभयो । 

जिल्ला भित्रै छोटो दुरीका यात्रुहरुका लागि भने सवारि साधन नपाउदा समस्या भएको छ । छोटो दुरीका यात्रुहरुले गाडिहरुमा ठाउ नपाउने गरेको पाटन १० का  स्थानिय जानकि बिष्टले बताउनुभयो । 

जिल्लाका बिभिन्न स्थानमा जाने यात्रुहरुका लागि गाडीहरु नमिल्दा मस्यामा परेको उहाको भनाइ छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!