पर्सामा एक किशोरको शंकास्पद मृत्यु

Posted on: 14 Nov, 2018

कात्तिक २८, वीरगञ्ज । पर्सामा एक किशोरको शंकास्पद मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका–३, बढनिहार बजारमा मामाघरमा आएका १३ वर्षीय आर्यन तामाङको मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक तामाङको निधारमा चोट लागेको छ ।

तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि प्रहरीले भने यसको पुष्टि हुन बाँकी रहेको जनाएको छ । घटनास्थलमा प्रेसर कुकर पड्केको कुनै प्रमाण नभेटिएकाले मृत्यु शंकास्पद देखिएको प्रहरी भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!