टिपर दुर्घटनामा एकको मृत्यु

Posted on: 14 Nov, 2018

कात्तिक २८, पाल्पा | पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयको दाबी छ । 

निस्दी गाउँपालिका–७ ज्यामिरेमा मङ्गलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको लु१ख १९ नंको टिपरको पछाडिएका ढालामा ठक्कर खाई सडकमा पल्ँिटदा चालक महतो घाइते बनेका थिए । मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । निस्दीको भुटुको चुनढुङ्गाखानीबाट नवलपरासीको सर्दी जाने लोड टिपरको ब्रेकफेल हुन पुगेको हो । 

यसैबीच आज बिहान पाल्पा जिल्ला सदरमुकाम तानसेनको हुलाङदीमा लु१च ९८२२ नंको उकालोमा चढ्न नसक्दा दुर्घटना भएको हो । पिकअप दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेहरु जीप चालक नवलपरासी जिल्लाको बर्दघाट नपा–४ का ३१ वर्षीय नुरप्रसाद भूषाल, जीपमा सवारमा तानसेन नगरपालिका–१२ का ४२ वर्षीय वीरेन्द्र थापा घाइते भएका हुन् । थापाको अवस्था सामान्य भए पनि भूपालको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । 

ओभरलोडका कारण उकालोमा चढ्न नसकेर ब्याक हुँदा सडकमा रोकिएको अवस्था रहेको बा१५च ३८३१ स्कारपियोमा क्षति भएको छ । तानसेनको हुलाङदीदेखि विशाल बजारतर्फ जाने क्रममा दुर्घटना भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!