एक महिनादेखि बन्द सवारी लाइसेन्सको आवेदन खुल्दै

Posted on: 14 Nov, 2018

कात्तिक २८, काडमाडौं । करिव एक महिना अघिदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन मंसिर ७ गतेबाट खुल्न भएको छ ।

यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गरी ७ मंसिरदेखि विहान १० बजेबाट सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवदेन खुल्ने जानकारी दिएको हो ।

हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । उल्लेखित मितिबाट आवदेकले विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लीक गरी अनलाइन फारम भर्न सक्नेछन् ।

काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक-एक वटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ ।

तर, छपाइको काम सुस्त हुँदा ट्रायल पास गरेकाले पनि लाइन्स पाउन सकेका छैनन् । ट्रायल पास गरेको वर्षदिनसम्म पनि स्मार्ट लाइसेन्स नपाउनेको संख्या ६ लाख भन्दा बढी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!