क्यान्सर पीडित गौतमलाई १ लाख ८० हजार आर्थिक सहयोग

Posted on: 15 Nov, 2018

शिला पाण्डे | कात्तिक २९, पर्वत । नव बुद्ध अनलाइनले पर्वतका एक क्यान्सर पीडितलाई १ लाख ८० हजार सहयोग रकम हस्तान्तरण गरेको छ । अर्जुन गौतम बचाउ अभियान संचालनबाट संकलित रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा पर्वतका प्रतिनिधिसभाका सदस्य पदम गिरीले उक्त रकम क्यान्सर पीडित गौतम र उनको परिवारलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै सांसद गिरीले अनलाइनले गरेको कामको प्रशंसा गरे । उनले आफूले पनि क्यान्सर पीडित गौतमको उपचारको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्वतका सहयाक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्य, विभिन्न संचारमाध्यमको सहभागीता रहेको थियो ।

नव बुद्ध अनलाइन संचालक अनिरुद्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजबाबु पिसीले गरेका थिए । अनलाइनले पर्वत जिल्लामा आफ्नो कार्यालय समेत स्थापना गरेको छ । अनलाइन मिडियाको माध्यमबाट आफूहरुले सूचना प्रवाह गर्ने उद्देश्यका साथ अनलाइन र अनलाइन नव बुद्ध टिभी चलाउने तयारी गरेको अनलाइनले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!