विपद् जोखिम घटाउन जापानी अनुदान

Posted on: 16 Nov, 2018

कात्तिक ३०, काठमाडौँ | जापान सरकारले चितवनमा सञ्चालित विपद् जोखिम न्यूनीकरण परियोजनाको सुदृढीकरणका लागि रु चार करोड ३९ लाख अनुदान प्रदान गर्ने भएको छ । 

जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सप्लानीरमार्फत प्राप्त हुने अनुदानबाट ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसकारी संस्थाले उक्त परियोजनालाई कार्यान्वयन गर्नेछ । यहाँस्थित जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र सप्लानीरका नेपाल प्रतिनिधि हिरोमी कात्सुइले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

पहिरोको जोखिम रहेको लोथर र बाढीको खतरा रहेको मादी नगरपालिका क्षेत्रमा सघनरूपमा परियोजना कार्यान्वयन गरिने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!