सुदूरपश्चिम प्रदेशमा 'अतिथी देवो भव' कार्यक्रम पुषमा हुने

Posted on: 16 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक ३०, बैतडी | नेपाल पर्यटन पत्रकार महासँघ सुदुपश्चिम प्रदेसले पर्यटन वर्ष २०२० लाई सफल पार्नको लागि पर्यटन सञ्चार अभियान सञ्चालन  गर्ने भएको छ । यस प्रदेसमा रहेका पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण सम्बर्धन र प्रचार प्रसारका लागि सञ्चार अभियान सञ्चालन गर्ने भएको हो  । 


नेपाल सरकारले हालै घोषणा गरेका १० वटा पर्यटकिय स्थलहरुको संरक्षणमा सहयोग गर्ने र थप नया गन्तबय पहिचान गरि नेपाल  सरकारले पर्यटकिय स्थलहरु हजार पुर्याउने लक्षमा समेत सहयोग गर्ने सुदुर पश्चिम पर्यटन पत्रकार महासंघका अध्यक्ष अमर राज भट्टराइले बताउनुभयो । सुदुपश्चिम प्रदेसमा “नेपाल भर्मण वर्ष २०२०” अभियान अन्तरगत पहिलो “अतिथी देवो भव” कार्यक्रम यहि पुष १५ गते धनगडीमा हुने पनि उहाले जानकारि दिनुभयो । 

यस्तै सुदुपश्चिम प्रदेसका जिल्ला तथा स्थानिय तहहरुमा पर्यटकीया गन्तब्यहरुको पहिचान गरि स्थानिय तहहरुमै “अतिथी देवो भव” कार्यक्रम सञ्चालन गरिने पनि उहाको भनाइ छ । 


यहि कात्तिक २६ गते अछामको रामारोसन गाउपालिका वडा नं ५ रामारोसनमा नेपाल पर्यटन पत्रकार महासंघ सुदुरपश्चिम प्रदेसको पहिलो बैठकले ९ बुदे घोषणा पत्र जारि गरेको गर्दै उक्त निर्णहरु गरेको हो । उक्त घोषणा पत्रमा पर्यटकिय स्थलहरुके पहिचा,संरक्षण, “पर्यटन वर्ष २०२०” सफल पार्न प्रदेस सरकार सँग सहकार्य तथा समन्वय गरि नया पर्यटकिय स्थलको पहिचान र संरक्षण गर्ने कुराहरु समेटएिका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!