देउसीभैलोबाट सङ्कलित रकमले न्यानो कपडा वितरण

Posted on: 17 Nov, 2018

मङ्सिर १, स्याङ्जा | देउसीभैलोबाट सङ्कलित रकमले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । वालिङ नगरपालिकास्थित बालविद्या आवासीय माध्यामिक विद्यालयका पूर्वविद्यार्थीले देउसीभैलोबाट सङ्कलित रकमले भुम्रे माध्यामिक विद्यालयमा रहेका सुस्तमनस्थितिका दश विद्यार्थीलाई जाडोमा लगाउने स्विटर, टोपी, खाद्यान्नलगायतका सामाग्री शुक्रबार हस्तान्तरण गरिएको बालविद्या आवासीय माविका पूर्वविद्यार्थी प्रदीप अर्याल क्षेत्रीले बताउनुभयो । 

क्षेत्रीले विद्यालयका पूर्व विद्यार्थीको समूहले देउसीभैलोबाट सङ्कलित करीब रु १० हजार बराबरको सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरेको बताउँदै असामान्य अवस्थामा रहेका विद्यार्थीलाई जाडो मौसममा थोरै भए पनि सहयोग पुगोस् भनेर न्यानो कपडासहित खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । 

हाल विद्यालयमा सुस्त मनस्थितिका पाँच छात्र र पाँच छात्रा गरी १० विद्यार्थी रहेको र उनीलाई व्यावहारिक ज्ञानसम्बन्धी कुराहरु सिकाउने गरेको शिक्षक डोलराज बस्यालले बताउनुभयो । विद्यार्थीलाई विद्यालयमै बस्ने व्यवस्था मिलाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!