मङ्सिर १, रसुवा | २८ हजार ६ सय अमेरिकी डलरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौंबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियो चेकको क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–७, टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका–९, सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी रहेका छन् ।
उनीहरुलाई गोसाइँकुण्ड गाउँपालिका–६, त्रिशुली खोलाबाट आज बिहान ८.४५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई राजश्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!