सेती नदीमा बेपत्ता भएका शसस्त्र प्रहरी जवान १७ दिनपछि फेला

Posted on: 19 Nov, 2018

तरुणा जोशी | मङ्सिर ३, बझाङ | सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका शशत्र प्रहरी जवानको शव आज १७ दिनपछि फेला परेको छ ।

कार्तीक १५ गते विहीबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका बुढाको खोजीका लागी काठमान्डौ देखी गोताखोरको टोली समेत बझाङ पुगेको थियो । 

सदरमुकाम चैनपुरको सिमलको रुख नजीकै भएर बग्ने सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य गर्नका लागी बेपत्ता भएको दिन देखीनै शशत्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको थियो । आईतबार दिउसो बेपत्ता भएको ठाँउबाट नै शब बाहीर निश्कीएको शशत्र प्रहरी जवानले नै देखेको र शवलाई पिछा गर्दै जाँदा देबल यरपोर्ट नजीक परीखेत भन्ने स्थानमा  शब अड्कीएपछी नदीबाट शब निकालेको शशत्र प्रहरी जवान सुरेन्द्र सिहँले बताउनु भयो ।

शव पाएको र उहाँको आफन्तलाई जानकारी दिई सकेको र अहिले शव पोष्टमाटमका लागी जिल्ला अस्पतालमा राखीएको शशत्र प्रहरीका डीएसपि भुवनराज पन्तले बताउनु भयो । १३ गते जिल्लाको शान्ति सुरक्षाका लागी भन्दै शसत्र प्रहरीको टोली बझाङ आएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!