घरेलु मदिरा लुकाएर ल्याएको अवस्थामा नुवाकोटका तामाङसहित २ व्यक्ति पक्राउ

Posted on: 19 Nov, 2018

मंङ्सिर ३, काठमाडौँ | महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ५ कालोपुलमा सवारीसाधान जाँचको क्रममा २२० लिटर घरेलु मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ । 

नुवाकोटका सुका तामाङले मारूती भ्यानमा लुकाएर ल्याएको १५० लिटर र रामेछापका पेम्मा तामाङले स्कुटरमा बोकेको ७० लिटर घरेलु मदिरा आज बरामद गरिएको हो । उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएर तामाङद्वयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!