सुन तथा चाँदीको मूल्य घट्यो

Posted on: 20 Nov, 2018

मङ्सिर ४, काठमाण्डौ | साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सयले घटेर ५८ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै सोमबार प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा भएको तेजावी सुन पनि आज घटेर ५८ हजार रुपैयाँमै कारोबार भइरहेको छ।

सोमबार प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी पनि तोलामा १० रुपैयाले घटेर ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!