हुम्लामा भिडियो विज्ञापन उत्पादन सुरु (हेर्नुहोस् भिडियो)

Posted on: 20 Nov, 2018

रेशमराज रोकाया | मंसिर ४, हुम्ला | हुम्लामा पहिलो भिडियो विज्ञापन उत्पादन सुरु भएको छ । जनशक्ति अभावको कारण हुम्लामा भिडियो विज्ञापन उत्पादन नभएको बेला लक्ष्मी मल्टिमेडियाले भिडियो उत्पादन सुरु गरेको हो । गत वर्ष दर्ता पछि हुम्लामा भिडियो वित्तचित्र, विज्ञापन लगायतका सामाग्री लक्ष्मी मल्टिमेडिया हाउसले उत्पादन गर्न थालेको छ । 

स्थानिय टेलिभिजन नभएको कारण हुम्लामा भिडियो विज्ञापन उत्पादन हुन नसक्नुको मुख्य कारण रहेको छ । हाल लक्ष्मी मल्टिमेडियाले हुम्ला जिल्लाका स्थानिय तहका पर्यटनसँग सम्वन्धित वित्तचित्र उत्पादन गरेसँगै भिडियो विज्ञापनको उत्पादनमा लहर छाएको छ । अहिले विज्ञापनको सार्वजनिक युट्यबमा गरिने र पछि राष्ट्रिय सञ्चारका माध्यममा पनि प्रशारणको लागि पहल गरिने लक्ष्मी मल्टिमेडियाका प्रवन्धक लक्ष्मी रोकायाले बताउनु भयो । हुम्लामा सबै जनशक्ति भएता पनि नविन सोच र कार्यको थालनी स्वरुप यो कदम लिएको रोकायाको भनाई रहेको छ । 

हुम्लामा ३ वटा सामुदायिक रेडियो भएता पनि विज्ञापनको स्तरियता त्यती नभएको कारण यहाँका स्थानियले विज्ञापन बजाउन र स्रोता माझमा रुचिकर बनाउन नसकिरहेको बेला भिडियो विज्ञापनले यसको कायापलटको सुरुवात गर्ने लक्ष्य रहेको छ । स्रोता र दर्शकले केही नविन सामाग्रीको स्वाद लिन पाउने गरी भिडियो उत्पादन हुने लक्ष्यको साथमा लक्ष्मी मल्टिमेडिया लागि परेको बताईएको छ । हाल लक्ष्मी मल्टिमेडियामा १ जना क्यामेराम्यान, १ जना भिडियो ईडिटर र एक सहयोगीको रुपमा काम गरेको भएता पनि क्रमशः स्थानिय जो यससँग दक्षता राख्दछन् उनीहरुलाई रोजगारको सिर्जना गरिने भएको छ । 

यसै वर्षमा एक जना व्यवसायिक भिडियो ईडिटर राखी आगामी दिनमा अझ गुणस्तरिय भिडियो सामाग्री उत्पादनमा जोड दिईने प्रवन्धक लक्ष्मी रोकायाले जानकारी दिनु भयो । हुम्लामा प्राकृति स्रोत साधन अति नै उच्च रहेको, पर्यटकिय स्थलको उत्खनन् र संरक्षण नभईरहेको बेला पर्यटनसँग सम्वन्धित वित्तचित्र बनाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्नको लागि आफु लागि परेको बताउनु भयो । पहिलो चरणमा हुम्लाका ४ वटा होटेलको विज्ञापन निर्माण गर्न लागिएको समेत रोकायाले बताउनु भयो । सुरुवातीमा सिमकोटमा रहेको मानसरोवर होटेलको विज्ञापन उत्पादन गरिएको छ । अन्य सम्झौता भएका होटेलको विज्ञापन हाल निर्माणाधिन रहेको समेत जानकारी गराईएको छ । विज्ञापनको सार्वजनिक युथ भ्वाईस नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको बताईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!