अछाममा बालक्लबको सक्रियतामा बालविवाह रद्द

Posted on: 21 Nov, 2018

कमल रावल | अछाम ५, मंसिर | अछामको रामारोशन गाउपालिका वडा नम्बर ५ मा बाल बिबाह रद्ध गरिएको छ । वडामा गठित बाल सँजालको सक्रियतामा बाल बिबाह रद्ध भएको हो । 

रामारोशन ५ पातलमा बस्ने दल बहादुर बुढाकि १८ बर्षिया छोरि पवित्रा बुढा र कालिकोटको नरहरि नाथ गाउपालिका रुप्सा निवासि दिनेश बोगटिका १८ बर्षिय छोरा तपेन्द्र बोगटि बिचको बिहे रोकिएको छ । जनप्रतिनिधि, प्रहरि, कर्मचारि, युवा संजाल, वाल संजाल लगाएत सबैको उपस्थितिमा उमेरमा नपुगे सम्म आ आफनो घरमा बस्ने सहमति गराईएको क्लबका अध्यक्ष खगेन्द्र परियारले बताउनु भयो  । पछिल्लो समयमा बालक्लको सक्रियतामा रामारोशनमा एक दर्जन बढि बाल बिबाह रोकिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!