हुसेन हत्या प्रकरण: ६ भारतीय नागरिक पक्राउ

Posted on: 21 Nov, 2018

मङ्सिर ५, काठमाडौ | सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको छ । ईटा उद्योगका सञ्चालक रहेका हुसेनको हत्याको आसंकामा प्रहरीले ६ भारतीय नागरिक पक्राउ परेका छन् । आज विहान बजारमा अज्ञात समूहले हुसेन माथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका जय बाबा इटा उद्योगका सुपरभाइजर हुसेनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

हत्याको आशंकामा पक्राउ परेका सवै भारतीय नागरिक रहेको प्रहरीले जनकारी दिएको छ । पक्राउ पर्नेहरु सबै सोही ईँटा उद्योगमा कार्यरत कामदार र सुरक्षाकर्मी रहेका जनाइएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!