डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना, १६ जनाको मृत्यु

Posted on: 22 Nov, 2018

मंसिर ६, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । 

डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले १० जनाको शव घटनास्थलबाट निकालिएको जानकारी दिए। बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा उक्त बस दुर्घटनामा परेको हो । 

तश्वीर: sudurdaily 

यस बिषयमा तपाइको प्रतिक्रिया...!