रोल्पामा श्रीमानद्वारा बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या

Posted on: 23 Nov, 2018

मङ्सिर ७, रोल्पा । रोल्पामा एक व्यक्तिले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्राका ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरले बुधबार बेलुका सामान्य घरायसी विवादमा बन्चरो प्रहार गरी ४२ वर्षकी श्रीमति त्रिमता घर्तीमगरको हत्या गरेको इलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।

जाँड रक्सी खाएर सधै घर परिवारमा झगडा गरिरहने घर्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् । मानसिक सन्तुलन ठिक नभएको जस्तो लाग्ने ५८ वर्षिय घर्तिलाई इलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिएको जनाएको छ ।

शवलाई जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरि धार्मिक सस्कार अनुसार बिहिबार अन्त्यष्टि गरिएको छ । रोल्पामा पछिल्लो समयमा श्रीमानले जाँड रक्सी सेवन गरि श्रीमतीको हत्या गर्ने क्रम वढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!